फागुन ११ गतेसम्म काठमाडौंका यी स्थानमा पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

फागुन ११ गतेसम्म काठमाडौंका यी स्थानमा पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फागुन ११ गतेसम्म पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना निकालेर विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भन्दै ११ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो।

प्राधिकरणका अनुसार फागुन ५ गते थानकोट फिडर अन्तर्गत बलम्बु वरिपरिका क्षेत्र, ६ गते बानेश्वर वितरण केन्द्रको धोविखोला फिडर अन्तर्गत रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

साथै फागुन ७ गते बानेश्वर वितरण केन्द्रको बत्तीसपुतली फिडर अन्तर्गत गौशाला चोकदेखि पुरानो बानेश्वर चोकसम्मका क्षेत्र, ८ गते कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु करिडोर तथा मैत्रिनगर वरिपरिका क्षेत्र रहेका छन्।

यसका अलावा फागुन ९ गते बानेश्वर वितरण केन्द्रको बत्तीसपुतली फिडर अन्तर्गत गौशाला चोकदेखि पुरानो बानेश्वरसम्मका क्षेत्र, १० गते कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र र ११ गते कुलेश्वर वितरण केन्द्रको बलम्बु फिडर अन्तर्गत संतुगलदेखि बलम्बुसम्मका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

मौसम प्रतिकूल हुने अवस्थामा सटडाउन नहुने प्राधिकरणको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ।

फागुन ५, २०८१ सोमबार ०९:१८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।