दिल्लीमा एकाविहानै भूकम्पको धक्का

दिल्लीमा एकाविहानै भूकम्पको धक्का

एजेन्सी : भारतको राजधानी नयाँ दिल्ली केन्द्रविन्दु भएर भूकम्प गएको छ।

दिल्ली आसपासको क्षेत्रमा यो भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सोमबार बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ।

उसका अनुसार भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर तल थियो।यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.० मापन गरिएको छ।

भूकम्पपछि दिल्ली प्रहरीले एक्समा एक सन्देश लेख्दै आपतकालीन सहयोगको लागि ११२ डायल गर्न आग्रह गरेको छ।

त्यसैगरी दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले पनि सबैको सुरक्षाको लागि प्रार्थना गरेका छन्।

फागुन ५, २०८१ सोमबार ०७:४१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।