हलेसी बजारका एक घरमा आगो लाग्यो, फैलिने जोखिम

हलेसी बजारका एक घरमा आगो लाग्यो, फैलिने जोखिम

खोटाङ : खोटाङको हलेसी बजारमा रहेको ग्यास पसल आगलागी भएको छ। हलेसी बजारस्थित पदम राईको ग्यास पसलमा आगलागी भएको हो। खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए। उनका अनुसार स्थानीयवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन्।

पानी अभावले आगो निभाउन समस्या भएको छ। ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरू घरमा पनि फैलिन सक्ने खतरा बढेको छ।

आगलागी भएको घरमा हार्डवेयर पसलसमेत भएकाले ठुलो क्षति हुनसक्ने र नियन्त्रणको प्रयास भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए।

फागुन ४, २०८१ आइतबार २१:४८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।