विराटनगरमा भेस्पा र अप्रिला स्कुटरको नयाँ शोरुम, फागुनभर अफरै अफर

काठमाडौं : नेपालका लागि भेस्पा र अप्रिला स्कुटरको आधिकारीक बिक्रेता डेल्टा अटोकर्प प्रालिले विराटनगरको बरगाछीमा नयाँ शोरुम उद्घाटन गरेको छ।
विराटनगरमा बढ्दै गएको मागलाई आधार मानेर गौरव अटो सेन्टरको नाममा नयाँ शोरुममा खोलिएको कम्पनीले जनाएको छ।
गौरव अटो सेन्टरका प्रोप्राइटर गौरव सिंह, रुपेश कोइराला र विनय राठीले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे। नयाँ शोरुमबाट स्कुटरको सेल्स, सर्भिस र स्पेयर पार्टस् साथै एक्सचेन्ज तथा अन स्पट फाइनान्सको सुविधा पाइनेछ।
शोरुमको शुभारम्भ गर्दै गौरव सिंहले निरन्तर गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए।
सोरुम उद्घाटनको अवसरमा फाल्गुन महिनाभरी बिराटनगर शोरुममा शोरुम ओपेनिंग अफर सञ्चालन गरेको छ। सो अफर अन्तर्गत ग्राहकले भेस्पा र अप्रिला स्कुटर बुकिङ तथा खरिद गर्दा १० हजार रुपैयाँको छुट पाउनेछन्।
साथै, एक्सचेन्ज गर्ने ग्राहकले आफ्नो पुरानो टु ह्वीलरको उत्कृष्ट एक्सचेन्ज भ्यालु सँगै १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन पाउनेछन्।
साथै हरेक स्कुटरको खरिदमा भेस्पा र अप्रिलाको ब्रान्डेड हेल्मेट तथा किरिङ्क प्राप्त गर्नेछन्। फागुन महिनाभरि नै टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विशेष गिफ्ट ह्याम्परको समेत अफर छ।
फागुन ४, २०८१ आइतबार १०:२५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।