‘एमाले केपी बाको पार्टी भयो, त्यहाँ उनको निजी आदेश मात्र चल्छ’

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले ‘केपी बा’ को पार्टी भएको र त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको ओलीको निजी आदेश मात्र चल्ने बताए।
शनिवार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनमा उनले एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भएकाले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको बताए।
‘एमाले पार्टी नेकपा एमाले होइन, ‘केपी बा’को पार्टी हो। केपी बा को पार्टी भएकाले उहाँको त्यहाँ आदेश चल्छ। कम्युनिस्ट पार्टीको चरित्र गुमाएको छ। उहाँको निजी आदेश मात्र चल्छ।’
उनले ओलीले जुन विचार भन्छन् र जे निर्देशन दिन्छन् त्यही निर्णय हुने र त्यसको पालना मात्र गर्नुपर्ने अवस्था रहेको र यो कम्युनिस्ट पार्टीको चरित्र नभएको बताए।
उनले आफ्नो पार्टीको सन्दर्भमा पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाउँ गाउँमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्न निर्देशन समेत दिएका थिए।
फागुन ३, २०८१ शनिबार २०:०२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।