तीन दिनदेखि हराएका डडेल्धुरा वाणिज्य सङ्घका पूर्व अध्यक्ष जोशीको शव फेला पर्‍यो

तीन दिनदेखि हराएका डडेल्धुरा वाणिज्य सङ्घका पूर्व अध्यक्ष जोशीको शव फेला पर्‍यो

डडेल्धुरा : तीन दिन अगाडिबाट हराएका डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कालीप्रसाद जोशीको शनिवार शव फेला पर्यो। अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिवार अपराह्न उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। अमरगढी नगरपालिका–२ भेल घर भएका जोशी फागुन १ बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार तीन दिनपछि जोशी मृत फेला परेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

 

 

फागुन ३, २०८१ शनिबार १९:५३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।