प्रचण्डको दाबी : पार्टीको पक्षमा आकर्षण बढ्यो

प्रचण्डको दाबी : पार्टीको पक्षमा आकर्षण बढ्यो

मकवानपुर : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति आकर्षणको लहर सुरु भएको दाबी गरेका छन्।

मकवानपुरको बागमती गाउँपालिकामा शनिवार स्थानीय नेता कार्यकर्तासँग भेटघाट कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीप्रति जनतामा आकर्षण सुरु हुँदै गएको दाबी गर्दै यसलाई संस्थागत गर्दै अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए।

एमालेसँगको गठबन्धन भत्किएसँगै सत्ताधारीबाट प्रमुख प्रतिपक्षी दलको नेता भएदेखि नै प्रचण्डले माओवादीप्रति जनतामा आकर्षण बढेको दाबी गर्ने गरेका छन्। तर आधार दिन सक्दैनन्। यो बिचमा स्थानीय तहको निर्वाचन बाहेक जनमत परीक्षण भएको छैन। स्थानीय तहमा माओवादीको प्रभाव मध्यम देखिएको थियो।

उनले जितेका पालिका र वडामा मत बढाउने तथा नजितेकामा जीत हात पार्ने गरी अघि बढ्न निर्देशन दिएका थिए।

माओवादीले नेतृत्व गरेका पालिकाले उत्कृष्ट स्थान हासिल गर्दै गएको उल्लेख गर्दै उनले पार्टीले नेतृत्व गरेका सबै पालिकालाई नमुना बनाउने गरी पार्टीको केन्द्रीय सङ्गठनले योजना अघि सारेको बताए।

फागुन ३, २०८१ शनिबार १८:२५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।