समीर भट्टको दोस्रो फिल्म 'बलिदान'को क्लाइमेक्ससँगै छायाङ्कन सकियो, जोगिएला १२ गाउँको साख ?

समीर भट्टको दोस्रो फिल्म 'बलिदान'को क्लाइमेक्ससँगै छायाङ्कन सकियो, जोगिएला १२ गाउँको साख ?

काठमाडौँ : समीर भट्टको डेब्यु फिल्म १२ गाउँको आर्थिक सफलता र फिल्मको गुणस्तरबीच मेल देखिएको थिएन। व्यापार निकै राम्रो गर्यो फिल्मले। तर पटकथा अनि प्रस्तुति लगाएको पक्षमा फिल्म निकै कमजोर थियो।

तर समीरले आफू नेपाली फिल्मको हिरो मेटरियल भएको त्यही फिल्मबाट पुष्टि गरेका थिए। अभिनय अनि डान्समा केही कमजोर देखिएका उनी एक्सनमा फिट देखिए। उनको डिमान्ड बढ्यो।

१२गाउँ रिलिज अगाडि नै उनी सन्तोष सेनको फिल्म १२ गाउँमा अनुबन्ध भइसकेका थिए। १२गाउँमा अनुबन्ध भएको हिरोको डेब्यु फिल्म फ्लप भए त्यसको असर बलिदानमा पनि पर्थ्यो नै। त्यसैले १२गाउँ अझ विशेष समीरलाई ब्राण्डिङ गर्न सन्तोष सेन पनि खुब खटिएका थिए उनी।

उनले दक्षिण भारतीय एक्सन निर्देशकको टोलीसहित चार महिना लगाएर फिल्म 'बलिदान'को छायाङ्कन सक्काए शुक्रवार। शुक्रवार मोरङको बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति अगाडि खिचिएको क्लाइमेक्स दृश्यसँगै फिल्मको छायाङ्कन पूरा भएको निर्माण टिमले जानकारी दियो।

निर्माण टिमका अनुसार फिल्म नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण र अन्यायविरुद्धको सङ्घर्षको कथामा बनेको हो। फिल्ममा समीरसँगै सौगात मल्लअर्पण थापादिव्य देव र ऋचा शर्माको अभिनय रहेको छ।

दक्षिण भारतका प्रख्यात एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोली नेपाल आएर अत्याधुनिक प्रविधि प्रयोग गरेर एक्सन दृश्यहरू खिचेका छन्। गायक सुजन चापागाईँगीतकार हर्क साउद र निर्देशक नवीन चौहानको टोलीले सङ्गीत तयार गरिरहेका छन्।

फिल्म आसुसेन फिल्मस् प्रालिको प्रस्तुतिमा बनेको हो। फिल्ममा पवन ब्राडफोर्ड बिस्टाको लगानी छ। फिल्मको प्रदर्शन मिति टिजर सार्वजनिक गर्दा घोषणा गरिने निर्माणपक्षले जनाएको छ।

फागुन ३, २०८१ शनिबार १७:१५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।