नौ दिनमा १२ लाख किशोरीले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप

काठमाडौं : पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप १२ लाख भन्दा बढी किशोरीले लगाएका छन्।
माघ २२ गतेदेखि फागुन १ गतेसम्म १२ लाख ४० हजार ७७ किशोरीले यो खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
‘पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका रहेको एचपिभी खोप अभियानअन्तर्गत फागुन १ गतेसम्म १२ लाख ४० हजार ७७ अर्थात् लक्ष्यको ७३ प्रतिशत किशोरीहरूलाई खोप लगाइसकिएको छ’, मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले भने।
खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन गर्ने यसअघि नै मन्त्रालयले घोषणा गरिसकेको छ।
सरकारले यसपटक कक्षा ६ देखि १० कक्षा सम्मका छात्रा तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप लगाउने अभियान सुरू गरेको हो।
यस वर्ष १६ लाख ८० हजार रुपैयाँ किशोरीलाई खोप लगाउने सरकारले लक्ष्य लिएको छ। आगामी वर्षदेखि भने नियमित खोप अभियानमा यसलाई समेट्ने तयारी गरेको छ।
फागुन ३, २०८१ शनिबार १३:५५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।