आफैँले स्थापना गरेको कम्पनी किन्न मस्कले गरेको प्रस्ताव ‌ओपनएआईद्वारा औपचारिका रूपमा अस्वीकार

आफैँले स्थापना गरेको कम्पनी किन्न मस्कले गरेको प्रस्ताव ‌ओपनएआईद्वारा औपचारिका रूपमा अस्वीकार

एजेन्सी : विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्क ओपनएआई किन्न गरेको प्रस्ताव कम्पनीले अस्वीकार गरेको छ।

शनिबार कम्पनीका अध्यक्ष ब्रेट टेलरले ओपनएआई निर्देशक बोर्डको तर्फबाट सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै कम्पनी बिक्रीका लागि नभएको स्पष्ट पारेका हुन्।

‘ओपनएआई बिक्रीको लागि छैन र बोर्डले आफ्नो प्रतिस्पर्धीलाई बन्द गर्ने मस्कको पछिल्लो प्रयासलाई सर्वसम्मतिले अस्वीकार गर्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘ओपनएआईको कुनै पनि सम्भावित पुनर्गठनले हाम्रो गैर-नाफामुखी संस्था र एजीआई मार्फत मानवतालाई फाइदा पुर्याउने यसको लक्ष्यलाई बलियो बनाउनेछ।’

एलोन मस्कले यस हप्ताको सुरुमा ओपनएआई किन्न प्रस्ताव गरेका थिए। यसका लागि उनले ९७.४ ट्रिलियन अमेरिकी डलर प्रस्ताव गरेका थिए।

यद्यपि, मस्कको प्रस्तावलाई ओपनएआईका मालिक तथा च्याटजीपीटीका सीईओ साम अल्टम्यानले अस्वीकार गर्दै उल्टै एक्स किन्ने प्रस्ताव राखेका थिए।

उनले भनेका थिए, ‘होइन, धन्यवाद। तर यदि तपाईं चाहनुहुन्छ भने, हामी ट्विटरलाई ९.७४ बिलियन डलरमा किन्छौँ।’

अल्टम्यान र मस्कले मिलेर ओपनएआई सुरू गरे पनि पछि केही मतभेदका कारण मस्कले कम्पनी छोडेका थिए। अहिले उनै मस्कले कम्पनी किन्न चाहिरहेका छन्।

फागुन ३, २०८१ शनिबार १२:२१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।