सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनको बैठक शनिबार बस्दैछ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकको निर्णयअनुसार आज बिहान ११ बजे सत्तापक्षीय सबै दलको बैठक बस्न लागेको हो।
बैठकमा सत्तारुढ दलका शीर्ष नेतासहित प्रमुख सचेतक सहभागी हुने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए।
राष्ट्रिय सभामा बहुमत नपुग्दा अध्यादेश कसरी पारित गराउने भन्नेबारे बैठकले समाधान निकाल्नेछ।
भूमि अध्यादेशका केही प्रावधानमा विपक्षी दलहरूको असन्तुष्टि छ।
फागुन ३, २०८१ शनिबार ०९:२७:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।