कक्षा १२ को परीक्षा वैशाख ११ बाट, १५ मिनेटपछि आए परीक्षा दिन नपाइने

कक्षा १२ को परीक्षा वैशाख ११ बाट, १५ मिनेटपछि आए परीक्षा दिन नपाइने

भक्तपुर :  कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका शुक्रवार सार्वजनिक गरेको हो।

बोर्डका अनुसार देशभर एकैसाथ परीक्षा सुरु हुने छ। वैशाख २२ सम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षा हलमा आउने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले जनाएको छ।

फागुन २, २०८१ शुक्रबार २१:५७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।