एनआईसी एसिया बैंकका सेवा एक घण्टा अवरुद्ध हुने

एनआईसी एसिया बैंकका सेवा एक घण्टा अवरुद्ध हुने

काठमाडौं : एनआईसी एसिया बैंकको विभिन्न सेवा एक घण्टा अवरुद्ध भएको छ।

प्राविधिक स्तरोन्नत्तिका लागि फागुन ३ गते विहान १ बजेदेखि २ गतेसम्म एक घण्टा सेवा अवरुद्ध हुने बैंकले सूचनामार्फत जानकारी दिएको छ।

यो अवधिमा बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटिएम, पीओएस तथा बैंकद्वारा जारी गरिएका डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुको कारोबारहरु आंशिक रुपमा अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ।

फागुन २, २०८१ शुक्रबार १३:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।