ट्रम्पले आप्रवासी डिपोर्ट गरिरहँदा नेपालमा भने अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं : अमेरिका पठाइदिन्छु भन्दै २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अवैध आप्रवासीहरूलाई धमाधम डिपोर्ट गरिरहेको अवस्थामा नेपालमा भने आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन्।
उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र बिशाललाई काठमाडौं कोटश्वरबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ।
फागुन २, २०८१ शुक्रबार १३:२६:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।