प्रणय दिवस मनाइँदै

प्रणय दिवस मनाइँदै

काठमाडौं : आज फेब्रअरी १४, अर्थात प्रणय दिवस। 

एक सातासम्म मनाइने सप्ताहको अन्तिम तथा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान-प्रदान गर्दै माया साटासाट गर्ने चलन छ। 

यो दिवस अहिले विश्वभर मनाइन्छ।

प्रेमका पक्षधर स्यान्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा प्रणय दिवस मनाउन थालिएको हो। 

पछिल्ला वर्षहरुमा नेपालमा पनि यो दिवस युवाहरुले मनाउने क्रम उल्लेख्य रुपमा बढेको छ।

गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने चलन रहेकोले आज गुलावको फुल किन्ने पनि भिड लाग्ने गर्दछ।

फागुन २, २०८१ शुक्रबार ०९:२८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।