भ्यालेन्टाइन डेमा एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर

भ्यालेन्टाइन डेमा एनसेलको ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर

प्रणय दिवस पारेर एनसेलले नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले न्यूम्यूसँगको सहकार्यमा ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’अफर ल्याएको हो। कम्पनीका अनुसार नयाँ योजनामा ग्राहकले डेटा प्याक किन्दा बोनस डाटा प्राप्त गर्नेछन् भने तीमध्ये २५ जनाले न्यूम्यूको सनग्लास पाउनेछन्।

कम्पनीले बिहीबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार यो एनसेल एपमा मात्र उपलब्ध रहेको छ। नयाँ अफर अन्तर्गत, भ्यालेन्टाइन डेका दिन एनसेल एपमा फ्ल्यास सेलमा रहेका डेटा प्याकहरू खरिद गर्ने प्रत्येक ग्राहकले प्याकअनुसार १ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा र ५० मिनेट अन–नेट टक टाइम प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

फ्ल्यास सेल प्याक खरिद गर्ने सबै ग्राहकहरूले मार्च ८ सम्म न्यूम्यू उत्पादनहरूमा २० प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

फेब्रुअरी १४ मा ग्राहकले एनसेल एपको फ्ल्यास सेलबाट आठ प्याकमध्ये आफ्नो डेटा आवश्यकता अनुसार १ दिन समयावधि रहेको ५० रुपैंया, अनलिमिटेड डेटा देखि ३० दिन समय सीमा रहेको १ हजार ४ सय ९९ सम्मको प्याकहरू किन्न सक्नेछन्।

फ्ल्यास सेल अन्तर्गत ५९९ देखि १४९९ सम्मका सधैँ अन प्याकमा ग्राहकहरूले ५ जीबीदेखि ३० जीबीसम्मको बोनस डेटा प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

फागुन १, २०८१ बिहीबार २०:३९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।