नेसपा नयाँ शक्तिको अध्यक्षमा पून बाबुराम, प्रतिस्पर्धी नेत्रले पाए ७३ मतदाताको साथ

काठमाडौँ : नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को अध्यक्षमा पुन डा.बाबुराम भट्टराई निर्वाचित भएका छन्। पार्टीको नेतृत्वको लागि पहिलो पटक भएको निर्वाचनमा भट्टराई निर्वाचित भएका हुन्।
उनले ७ सय ६१ मत पाएर निर्वाचित हुँदा पार्टी नेतृत्वका लागि उनलाई पहिलो पटक चुनौती दिएका निकटतम प्रतिद्वन्द्वी नेत्र चापागाईँले ७३ मत पाए। प्रज्ञा भवनमा आइतबार नयाँ शक्तिको महाधिवेशन सुरु भएको थियो। भट्टराईसँगै अध्यक्षमा चापागाईँको समेत उम्मेदवारी परेपछि नेतृत्व चयनका लागि निर्वाचन भएको थियो।
माओवादी पार्टी छाडेर आठ वर्ष अगाडि नयाँ शक्ति पार्टी गठन भएदेखि पार्टी नेतृत्वमा निरन्तर भट्टराई नै रहँदै आएका छन्। बिचमा अन्य दलसँग पार्टी एकता गर्दै पछिल्लो समय नेपाल समाजवादी पार्टी गठन गरेर पार्टीको नाममा नयाँ शक्ति फुर्को जोडेका थिए।
फागुन १, २०८१ बिहीबार १९:०४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।