बबरमहलको भलले भिजे विशेष र जिल्ला अदालतका महत्वपूर्ण फाइल, सुरक्षित ठाउँमा सार्दै कर्मचारी

काठमाडौँ : विद्युतीय तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीको लापरबाहीले मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहलमा रहेको विशेष अदालत र काठमाडौँ जिल्ला अदालतको भुईँ तला जलमग्न भए।
पानीले भुइँतलामा रहेका महत्वपूर्ण कागजपत्र अनि मुद्दाका मिसिलहरू भिजायो। बिहीबारबाट फुटेको पानीको पाइप मर्मतको काम सुरु भयो। उता अदालतका कर्मचारीहरू भने भिजेका फाइलहरू अदालतबाट निकालेर सुरक्षित ठाउँमा लगिरहेका थिए।
मेलम्ची खानेपानी आयोजनाले बुधवार नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने जिम्मा दिएको कम्पनीको लापरबाहीका कारण खानेपानीको पाइप फुटेर सो क्षेत्र डुबानमा परेको जानकारी दिएको थियो।
फागुन १, २०८१ बिहीबार १५:१८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।