लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, यात्रुले केबलकारको टिकटमा छुट पाउने

लुम्बिनी केबलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सहकार्य, यात्रुले केबलकारको टिकटमा छुट पाउने

बुटवल : लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ।

सम्झौता बमोजिम पश्चिम नेपाल बस व्यवसायी प्राली.मा आबद्ध व्यवसायीहरु र यसमा आबद्ध बसमा नेपाल भर यात्रा गर्ने यात्रुहरूले लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन्।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्र २० प्रतिशत छुटको सुविधा लिन सक्नेछन्।

सम्झौता पत्रका लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समितिको तर्फबाट अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरेका हुन्।

रुपन्देहीको बुटवल उपमहानगरपालिका गोल पार्क केबलकार चोकमा बटम स्टेसन रहेको लुम्बिनी केबलकारको  पाल्पाको वसन्तपुरमा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.ली. नेपालको पुरानो र ठूलो मध्येको एक व्यावसायिक संस्था हो। यसमा हाल दुई हजार तीन सयभन्दा बढी बसहरू सञ्चालनमा रहेका छन्।

फागुन १, २०८१ बिहीबार १३:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।