विद्युत् प्राधिकरणको ठेकेदारको लापर्वाहीले बबरमहलमा ‘बाढी’

काठमाडौँ : विद्युत् लाइन भूमिगत गर्नेक्रममा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा बुधवार काठमाडौँको बबरमहल क्षेत्रको सडकमा एक्कासि बाढी आयो।
नेपाल विद्युत् प्राधिकरणको विद्युत्को तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनीले बबरमहलमा बुधवार सडक प्वाल पार्नेक्रममा मेलम्ची खानेपानी आयोजनाको पाइपमा क्षति पूर्याएपछि पानी बाहिर बग्न थाल्यो।
सानोतिनो खोलै समान पानी निस्किएर होचो भूभाग रहेको काठमाडौँ जिल्ला अदालत, विशेष अदालत बन कार्यालय रहेको क्षेत्रतिर बग्यो। प्राय कार्यालयको भुईँ तला पुरै जलमग्न भयो। सवारीसाधन डुबे। क्षति कति भयो एकिन भइसकेको छैन। तार भूमिगत गर्ने ठेक्का पाएको कम्पनी केइआइले पाइलट ड्रिलिङ गर्नेक्रममा त्यसले पानीको पाइममा क्षति पूर्याएको थियो।
केयूकेएलका आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जारी गरेको विज्ञप्ति अनुसार वन परिसर अगाडिको सडकमा विद्युतलाइन भूमिगत गर्न पाइलट ड्रिलिङ पश्चात् रिमिङ गर्दा असावधानीवश मेलम्चीको पाइपलाइनमा क्षति पुगेको निर्माण कम्पनी केईआईका सुपरभाइजर अविनाश कुमारले स्वीकार गरेको उल्लेख छ।
माघ ३०, २०८१ बुधबार २१:५४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।