अटोमा चित्तल ठोक्किँदा दुर्घटना, ५ जना घाइते

हेटौँडा : मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, रसल बोर्डिङ स्कुल नजिक बुधवार बिहान ११ बजे अटो दुर्घटना भएको छ। पदमपोखरीबाट गुम्बा चोकतर्फ गइरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा अटो पल्टिएर दुर्घटना भएको हो।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका अनुसार, दुर्घटनामा अटो चालक ४२ वर्षीय नर बी. तामाङको दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ। अटोमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन्।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा पठाइएको छ। दुर्घटनापछि चित्तल पुनः जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।
माघ ३०, २०८१ बुधबार १८:१५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।