मेलम्ची खानेपानीको पाइप फुट्दा अदालत र बनको कार्यालय जलमग्न

तस्बिर : नेपाल न्युज बैैक
काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौंको बबरमहलमा रहेको विशेष अदालतसहितका सरकारी कार्यालय जलमग्न भएको छ। विद्युतको भूमिगत तारका लागि सडक खन्ने क्रममा खानेपानीको पाइप फुटेको हो।
सडकमा रहेको खानेपानीको पाइप फुट्दा बन, जिल्ला अदालत, विशेष अदालत लगायतका कार्यालयको पहिलो तला डुबेको छ। सडक तथा वन कार्यालय परिसर डुब्दा सवारी आवागमन समेत प्रभावित भएको छ।
माघ ३०, २०८१ बुधबार १६:५७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।