नो केबलकार समूहलाई वार्तामा आउन सरकारी पक्षको आग्रह

नो केबलकार समूहलाई वार्तामा आउन सरकारी पक्षको आग्रह

काठमाडौं : सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। बुधवार विज्ञप्तीबाट सरकारी पक्षले आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो।

विज्ञप्तिमा गृह मन्त्रालयबाट गठित वार्ता टोली मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न स्थानीय समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ता र संवाद गर्न सदैव तयार रहेको उल्लेख छ।

सरकारका सहसचिवस्तरमा गठित वार्ता टोलीले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न तोकिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुक्कुमलुङ पाथीभरा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षलाई वार्तामा आउन अनुरोध गरेको छ। 

माघ ३०, २०८१ बुधबार १५:५०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।