वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको दुई लाख २५ हजार कित्ता साधारण शेयर (आईपीओ) बाँडफाँट गरेको छ।

कम्पनीको जारी पूँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँका दरका कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५,००० कित्ता साधारण उनीहरूका माघ २२ गतेसम्मका लागि लागि खुलाएको थियो।

उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५ हजार ९०६ आवेदनहरूमध्ये जम्मा २२ हजार ५०० जना आवेदकहरूलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ मा भएको व्यवस्थाको अधिनमा रहि मिति २०८१ माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो।

माघ ३०, २०८१ बुधबार ०९:२१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।