प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम फागुन ४ मा

प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम फागुन ४ मा

काठमाडौं : आगामी फागुन ४ मा बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ। 

प्रतिनिधि सभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिए। 
    
सभामुख घिमिरेले भने, 'प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु।' 
    
सभामुख घिमिरेले सङ्घीय संसद्को बैठक नचलेको दिनमा विषयगत समितिका काम, कारबाही अगाडि बढाउन समितिका सभापति र सदस्यहरूको ध्यानाकर्षण समेत गराए। 

प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ४ को दिउँसो १ बजे बस्नेछ। 

माघ २९, २०८१ मंगलबार २०:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।