सिङ्गापुरमा लागुऔषध दुर्व्यसनीको संख्यामा वृद्धि

सिङ्गापुरमा लागुऔषध दुर्व्यसनीको संख्यामा वृद्धि

एजेन्सी : सिङ्गापुरमा सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुर्व्यसनीहरूको संख्या बढेको गृह मन्त्रालयले मङ्गलबार एउटा प्रतिवेदनमार्फत जनाएको छ। 

सन् २०२४ मा पक्राउ परेका लागुऔषध दुर्व्यसनी मध्ये आधा भन्दा बढी ३० वर्ष भन्दा कम उमेरका थिए। बीस वर्ष मुनिका दुर्व्यसनीहरूको सङ्ख्या सन् २०२३ को तुलनामा झन्डै एक तिहाइले बढेको छ।

मन्त्रालयले सिङ्गापुर विश्वव्यापी जोखिममा रहेको चेतावनी दिएको छ, किनकि अवैध लागुऔषध बजार विस्तार भइरहेको छ।

मन्त्रालयले अवैध लागुऔषधि तस्कर र लागुपदार्थको कथित फाइदाहरूको बारेमा गलत जानकारी फैलाउन सोसल मिडिया प्लेटफर्म र इन्क्रिप्टेड कम्युनिकेशन एप्सको दुरूपयोग गरिरहेको बताएको छ।

बहुआयामिक दृष्टिकोणको आवश्यकतामा जोड दिँदै मन्त्रालयले लागुऔषध नियन्त्रण शिक्षा, कडा कानुन, कडा कार्यान्वयन र लागुऔषधविरुद्धको लडाइमा समुदायको सहयोगको महत्त्वलाई जोड दिएको छ।   

माघ २९, २०८१ मंगलबार २०:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।