मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल

काठमाडौं : राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधि सभामा टेबुल गरिएको छ। 
    
प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन्। 

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ मा पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित उक्त विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेकी थिइन्। 
    
त्यस विधेयकउपर जेठ २० मा सामान्य छलफल भएको थियो। त्यसपछि उक्त विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ मा समितिमा पठाइएको थियो। 

समितिले यही माघ १८ मा राष्ट्रिय सभामा प्रतिवेदन पेस गरेपछि आज प्रतिनिधि सभामा टेबुल गरिएको हो।   

माघ २९, २०८१ मंगलबार २०:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।