पुराना दलले संसदीय अभ्यास बिर्सिए : रास्वपा सांसद झा

पुराना दलले संसदीय अभ्यास बिर्सिए : रास्वपा सांसद झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन्।  

प्रतिनिधि सभाको आजको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताए। 

'आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्, उनले भने। 

सदनको आफ्नै विशिष्ट महत्व र गरिमा रहेको भन्दै उनले थपे, 'यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो। तपाईंहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ। हामीले सदन अवरोध गरेका छैनौँ।' 

भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए।

माघ २९, २०८१ मंगलबार १८:३५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।