मान्मको चिनारी आधारभूतका विद्यार्थी सानिमा बैंकले दियो न्यानो कपडा

काठमाडौं : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैङ्कको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नम्बर १ को कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको छ।
कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरूलाई लुगा हस्तान्तरण गरिएको हो। चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरूको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको बैंकले जानकारी दिएको छ।
माघ २९, २०८१ मंगलबार १५:५१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।