सरकारले संसदको अपहेलना गर्यो : मा‌‌ओवादी केन्द्र

सरकारले संसदको अपहेलना गर्यो : मा‌‌ओवादी केन्द्र

काठमाडौं : माओवादी केन्द्रले सरकारले संसदलाई अपहेलना गरेको आरोप लगाएको छ।

मंगलबारको प्रधिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्।

‘सरकारले संसदलाई अपहेलना गरिरहेको छ,’ उनले भने, ‘जनताका प्रतिनिधिको आवाज ठिक ढंगले सुन्न चाहिरहेको छैन।’

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूची तय भइसकेको अवस्थामा भ्रष्टाचार निवारण विधेयक पेश गर्नुपर्नेमा पेश र पारित गर्नुपर्नेमा नभएको उनको भनाइ छ।

‘आजको भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित हुनुपर्नेमा भएन,’ उनले थपे, ‘संसद सरकारले भनेअनुसार चल्ने हो कि जनताका प्रतिनिधि अनुसार चल्नुपर्ने हो।’

कार्यव्यवस्था परामर्श समितिबाट सर्वसम्मत भएर आएको विषयलाई सरकारले वास्ता नगरेको उनले आपत्ति समेत जनाए।

सम्भावित कार्यसूचीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने विषय हटाएपछि मा‌ओवादीले त्यसको प्रतिवाद गरेको हो।

माघ २९, २०८१ मंगलबार १३:३२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।