प्रतिनिधि सभाको कार्यसूची परिवर्तन, भ्रष्टाचार निवारण विधेयकमाथिको छलफलको प्रस्ताव हटाइयो

प्रतिनिधि सभाको कार्यसूची परिवर्तन, भ्रष्टाचार निवारण विधेयकमाथिको छलफलको प्रस्ताव हटाइयो

काठमाडौं : प्रतिनिधि सभाको बैठकको कार्यसूची परिवर्तन भएको छ।

मंगलबार विहान जारी भएको सम्भावित कार्यसूची परिवर्तन गरेर नयाँ कार्यसूची तय भएको संघीय संसद सचिवालयका महसचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आज राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची तय भएको छ।

यस्तै कार्यसूचीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्ने विषय समेटिएको छ।

विहानको सम्भावित कार्यसूचीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने विषय हटाइएको छ।

नियमित कार्यसूचीका अलावा आकिस्मक समय र शून्य समयमा सांसदहरूले आफ्ना कुरा राख्नेछन्।

माघ २९, २०८१ मंगलबार १३:१५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।