नागरिक उड्ययन प्राधिकरण टुक्र्याए आकाश ठप्प बनाउने कर्मचारीको चेतावनी

नागरिक उड्ययन प्राधिकरण टुक्र्याए आकाश ठप्प बनाउने कर्मचारीको चेतावनी
फाइल तस्बिर

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्नेगरी सरकारले ल्याएको विधेयकको विपक्षमा नेपाल लोकतान्त्रिक कर्मचारी संघ उभिएको छ।

संघले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर विधेयकबारे ध्यानाकर्षण गराएको हो। संघका अध्यक्ष गणेश भुसालको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई उक्त ज्ञापनपत्र बुझाएको हो।

सरोकारवाला, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियन र पेसागत संघ संगठनसँग कुनै छलफल नगरी विधेयक ल्याइएको भन्दै अन्य विकल्प हुँदा-हुँदै अमुक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई सैद्धान्तिक आधार दिई विधेयक दर्ता गरिएको आरोप लगाइएको छ।

यो विधेयकले नागरिक उड्डयन क्षेत्रमा स्वार्थ समूहको वर्चस्व हुने र प्राधिकरणको समग्र हितभन्दा अझ धराशायी बनाउने उद्देश्यले रहेको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरिएको छ।

विधेयक प्राधिकरणका समग्र कर्मचारी र संस्थाको हित विपरीत रहेको भन्दै अघि बढेमा चरणबद्ध आन्दोलन गर्दै आकाश ठप्प बनाउनेसम्मको चेतावनी संघले दिएको छ।

माघ २९, २०८१ मंगलबार १२:२७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।