साढे दुई महिनापछि सुनको मूल्य पुरानै लयमा, एक लाख ७० हजारको आँकडा छोयो

काठमाडौं : साताको तेस्रो दिन मंगलबार (आज) सुनको मूल्यले एक लाख ७० हजार रुपैयाँको आँकडा छोएको छ।
मंगलबार सुन तोलाको छ सय रुपैयाँ बढ्दा चाँदी तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुन तोलाको एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदी आज तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको। हिजो चाँदीको मूल्य एक हजार नौ सय ७५ रुपैयाँ थियो।
सुनको मूल्यले यसअघि कात्तिक १४ गते एक लाख ७० हजारको आँकडा छोएको थियो भने त्यसको भोलिपल्ट एक लाख ७१ हजार एक सय रुपैयाँ कायम भएको थियो।
कात्तिक १५ गतेको सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च थियो।
माघ २९, २०८१ मंगलबार ११:१८:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।