जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न, एक लिटर पेट्रोलमा ९३ किलोमिटर दौडाउने मोहन विजयी

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न, एक लिटर पेट्रोलमा ९३ किलोमिटर दौडाउने मोहन विजयी

धनुषा : जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ।

प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए।

जनकपुरको बाह्र बिघामा सम्पन्न माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरूले सहभागी भएका थिए।

उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए।

माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३.६ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए।

त्यस्तै ८८.२ किमि प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो हुँदा ८६.४ किमि प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो भए।

ग्राहकलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए।

बजाजका मोटरसाइकलहरू मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ।

माघ २९, २०८१ मंगलबार १०:४९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।