शान्दार म:म: पसलमा आगलागीमा घाइते भएका दुई जनाको मृत्यु

शान्दार म:म: पसलमा आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
फाइल तस्बिर

काठमाडौं : काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म: पसलमा ग्यास लिकपछि भएको आगलागीमा परेर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।

माघ २३ गते शानदार म:म: पसलमा ग्यास लिक भएर आगलागी भएको थियो। आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।

११ मध्ये नौ जनाको घाइतेको कीर्तपुरकै बर्न अस्पतालमा उपचार भइरहेको छ।

माघ २९, २०८१ मंगलबार १०:४३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।