हाइलाइफको स्वस्थ जीवनशैलीका लागि रोमाञ्चक चुनौती र उपहार

हाइलाइफको स्वस्थ जीवनशैलीका लागि रोमाञ्चक चुनौती र उपहार

काठमाडौं : एफएमसिजी ब्रान्डका हाइलाइफ फुड्सले नयाँ वर्ष २०२५ देखि स्वस्थ जीवनशैली सुरु गर्ने अठोट र संकल्प लिएको छ।

यस अभियानमा सहभागीहरूलाई आफ्नो नयाँ वर्ष २०२५ का संकल्पलाई निरन्तरता दिन मात्र होइन, आकर्षक उपहार तथा हाइलाइफका स्वस्थकर सामग्री जित्ने अवसरसमेत प्रदान गरिनेछ।

स्वस्थ जीवनशैली र पौष्टिक आहारलाई प्रोत्साहन गर्दै हाइलाइफले द्विसाप्ताहिक चुनौती प्रस्तुत गर्नेछ, जसमा फिटनेस, सन्तुलित आहार तथा पौष्टिक जीवनशैलीसँग सम्बन्धित विभिन्न गतिविधि समावेश रहनेछन्।

पुसअप, हेल्दी ब्रेकफास्टजस्ता चुनौतीको साथमा हाइलाइफले उपहार पनि ल्याउने गरेको छ।

चुनौती पूरा गर्दै भिडिओ बनाएर आफ्नो फेसबुक वा इन्सटाग्राममा #Transformwithhilife, #Sayhitohealthylife जस्ता  Hashtag राखेर हाइलाइफकोTransform with Hilife”अभियानमा भाग लिन सकिने कम्पनीले जनाएको छ।

माघ २९, २०८१ मंगलबार १०:१४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।