२०८४ अगाडि नै पार्टीको महाधिवेशन हुने कांग्रेस महामन्त्री गगनको दाबी

२०८४ अगाडि नै पार्टीको महाधिवेशन हुने कांग्रेस महामन्त्री गगनको दाबी

चितवन : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८४ को निर्वाचनअघि नै हुने दाबी गरेका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरे अनुसार चार वर्षमा महाधिवेशन हुने दाबी गरे।

‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरूले त्यसलाई सहयोग गर्नुपर्यो’ उनले भने।

विधानले एक वर्ष समय थप गर्न सक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए।

कांग्रेसको विधानअनुसार २०८२ को मङ्सिर-पुसमा चार वर्षको कार्यकाल सकिने भएकाले चार वर्षभित्र महाधिवेशन गर्ने तयारी भए पनि पार्टीको सदस्यता वितरण र अन्य कुराले त्यही मितिमा हुन्छ भन्न सकिने अवस्था नरहेको बताए।

उनले एक वर्षका लागि म्याद थपको सुविधा रहेको र यसबारे सभापतिसँग बसेर सल्लाह गरिरहेको बताए। २०८४ निर्वाचनअघि पार्टीको महाधिवेशन जति अघि तान्न सक्यो त्यति हितकर हुने उनले बताए। 

माघ २८, २०८१ सोमबार २२:५८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।