जसपा नेपालले सरकारले ल्याएको अध्यादेशमा सहयोग नगर्ने वर्षमानको विश्वास

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कतिपय कानूनहरू आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताए।
उनले भने, ‘यदि कानून बनाउने हो भने, कानून आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्याओस्। कानून बनाउन हामी सहयोग गर्छौं भनेका थियौं। ढिलै भएपनि संसद बोलाइएको छ। तर नियमित प्रक्रियाबाट कानून बनाओस् त्यसमा छलफल गरौंला। कतिपय कानूनहरू पनि आवश्यक छन्।’
उनले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपा नेपालले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए।
‘स्वभाविक कुरा हो जसपा नेपालले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपा नेपालले सहयोग गर्छ जस्तो लाग्दैन। भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरूमा अध्यादेशमार्फत शंसोधन भएको छ। तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरूले फेल नै गरेका थिए। यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ,’ उनले भने।
माघ २८, २०८१ सोमबार १९:४०:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।