प्रबन्ध निर्देशक रविलाई धरौटीमा छाडेको रुपन्देही अदालतले सञ्चालक छविलाई पुर्पक्षमा कारागार पठायो

प्रबन्ध निर्देशक रविलाई धरौटीमा छाडेको रुपन्देही अदालतले सञ्चालक छविलाई पुर्पक्षमा कारागार पठायो

रुपन्देही : सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रहेका रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीको अदालतले तत्कालीन सञ्चालक छविलाल जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो।

सोमबार थुनछेक बहस सकिएपछि न्यायाधीश वसिष्ठकुमार घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। इजलासले पछि ठहरेबमोजिम हुनेगरी जोशीलाई तत्कालका लागि थुनामा पठाउने आदेश दिएको हो। आदेशमा प्रतिवादीले जानी जानी कसुर नगरेको आधार नदेखिएको उल्लेख छ।

जोशी सुर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अभियोगमा भने धरौटीमा निस्किएका थिए। उनी नेपाल प्रहरीको पूर्व डिआइजी हुन्। सुर्यदर्शन सहकारीको रकम अपचलनमा उनी रवि अगाडि पक्राउ परेका थिए।

माघ २८, २०८१ सोमबार १९:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।