पाँच करोडको खर्चमा दरबारमार्गको पैदल मार्गमा ग्रेनाइट

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पाँच करोडको खर्चमा दरबारमार्गको पैदल स्थलमा ग्रेनाइट राख्न थालेको छ। प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्मको दुवैतर्फको सडकमा महानगरले ग्रेनाइट लगाउन थालेको हो।
सो क्षेत्रमा यसभन्दा अगाडि रहेको ब्लक निकालेर महानगरले ग्रेनाइट लगाउन ठेक्का गरेको थियो। महानगरका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रालिले ग्रेनाइट लगाउने काम गरिरहेको हो । २०८० चैत ६ मा निर्माण पक्षसँग सम्झौता भएको र माघ मसान्तसम्मतसम्म सो काम सक्काउने सर्त रहेको महानगरले जानकारी दिएको छ।
सोमबार महानगरपालिकाको अनुगमन समिति संयोजक एवं उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन टोली दरबारमार्ग गएको थियो। टोलीले ग्रेनाइट सेटिङ्को निरीक्षण गर्दै पैदल मार्ग पैदल यात्रामैत्री हुनुपर्ने र सडकमा भएका रुखको संरक्षणबारे छलफल गरेको थियो।
माघ २८, २०८१ सोमबार १९:१८:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।