बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका-३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरिएको बताए। 

उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप  रु ८१ हजार नगद बरामद गरिएको उनले जानकारी दिए।

स्थानीय दोर्जी लामाको दुई तले घर भाडामा लिएर अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। 

उनीहरूलाई सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ।   

माघ २८, २०८१ सोमबार १८:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।