
बिहीबार १२ भदौ, २०८२
चाबहिलमा दुई समूहबीच झडप, छुरा प्रहारबाट छातीमा गम्भीर चोट लागेका २२ वर्षीय युवकको मृत्यु

काठमाडौं : काठमाडौंको चाबहिलमा एक युवकको हत्या भएको छ। चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार छुरा प्रहारबाट २२ वर्षीय एक युवकको मृत्यु भएको छ। ती युवकको छातीमा चोट लागेको थियो।
झडपमा संलग्न दुवै समूहका केही व्यक्तिहरू पक्राउ परेका छन्। यद्यपि पक्राउ परेकाहरूको परिचय भने खुलाइएको छैन।
अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
माघ २८, २०८१ सोमबार १६:५८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।