दक्षिण अफ्रिकाका म्याथू ब्रिटज्केद्वारा डेब्यु खेलमै शतक

दक्षिण अफ्रिकाका म्याथू ब्रिटज्केद्वारा डेब्यु खेलमै शतक

काठमाडौं : दक्षिण अफ्रिकाका ब्याटर म्याथू ब्रिटज्केले आफ्नो ओडिआई डेब्यु खेलमै शतक बनाएका छन्।

पाकिस्तानको लाहोरमा जारी त्रिदेशीय ओडिआई सिरिजको न्यूजिल्यान्डविरुद्धको खेलमा डेब्यु गरेका ब्रिटज्केले डेब्यु खेलमै शतक बनाएका हुन्।

४४ ओभरको खेल सकिँदा एक सय ४१ बलको सामना गरेका उनले आठ चौका र चार छक्काको मद्दतमा एक सय ३० रन जोडेर खेलिरहेका छन्।

जारी सिरिजको पहिलो खेलमा न्यूजिल्यान्डले पाकिस्तानलाई ७८ रनले पराजित गरेको थियो भने अर्को खेल बुधबार पाकिस्तान र दक्षिण अफ्रिकाबीच हुनेछ।

माघ २८, २०८१ सोमबार १३:२७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।