तनहुँमा प्रहरी कुट्ने चार युवा पक्राउ

तनहुँ : जिल्लाको व्यास नगरपालिका-५ स्थित पर्यटकीयस्थल मानङकोटमा प्रहरी जवानलाई कुटपिट गर्ने चार युवालाई प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिटमा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा व्यास-४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास-१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
उनीहरूविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
माघ २८, २०८१ सोमबार १२:४३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।