स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा, क्यानडालाई अमेरिकी राज्य बनाउनेबारे फेरि बोले

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा आयात हुने सबै स्टील र आल्मुनियममा नयाँ कर लगाउने बताएका छन्।
आइतबार आधिकारिक घोषणा गरिएको यो नयाँ कर सोमबारबाट लागू हुनेछ। ट्रम्पले २५ प्रतिशत कर लगाउने कुरा गरेका छन्।
ट्रम्पले भने कि, ‘यदि उनीहरूले (अन्य देशहरूले) हामीमाथि कर लगाए भने, हामी फेरि कर लगाउनेछौँ।’
ट्रम्पको नयाँ कर सबै देशहरूमा लागू हुनेछ। यसबाहेक, उनले मंगलबार वा बुधबार पारस्परिक करको पनि घोषणा गर्नेछन्।
यसको अर्थ, अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा जुनसुकै कर लगाए पनि, अमेरिकाले पनि उनीहरूका उत्पादनहरूमा त्यही अनुसार कर लगाउनेछ।
ट्रम्पले चुनावी अभियानका क्रममा पारस्परिक व्यापार ऐन बनाउने घोषणा गरेका थिए।
यसका अलावा ट्रम्पले आइतबार एक अन्तर्वार्ताका क्रममा क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने कुरामा गम्भीर रहेको बताएका छन्।
फक्स न्यूज च्यानलका ब्रेट बायरले ट्रम्पलाई सोधे क्यानडालाई अमेरिकी राज्य बनाउने उनको मनसायको बारेमा प्रश्न गर्दा उनले सहमति जनाउँदै हो भनेका थिए।
उनले भनेका थिए, ‘मलाई लाग्छ क्यानडा ५१औं राज्यको रूपमा राम्रो हुनेछ, किनकि हामीले क्यानडाबाट प्रति वर्ष २०० अर्ब डलर गुमाइरहेका छौँ र म त्यो हुन दिने छैन।’
ट्रम्पले क्यानडासँगको व्यापारमा भएको २०० अर्ब डलरको घाटालाई राज्यहरूलाई दिइएको अनुदानको रूपमा वर्णन गरेका छन्।
माघ २८, २०८१ सोमबार १२:१९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।