संघीय संसदका दुवै सदनको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

संघीय संसदका दुवै सदनको बैठक बस्दै, मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक बस्दैछ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दा राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

उनका अनुसार आजाको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/२०८१’ पेश गर्ने कार्यसूची छ।

यसका अलावा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रवितेदन सहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

साथै उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत गर्ने कार्यसूची रहेको महसचिव पाण्डेयले जानकारी दिए।

त्यसैगरी दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

माघ २८, २०८१ सोमबार ११:१९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।