विपक्षीले मस्कको आलोचना गरेपछि बचाउमा उत्रिए डोनाल्ड ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलोन मस्कमाथि गरेको आलोचनाको कडा शब्दमा जवाफ दिएका छन्।
उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको ट्रम्पले बताएका छन्।
यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलोन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।
मस्कको बचाउ गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजलाई भने, ‘उन(मस्क)ले यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यसको लागि कसरी समय निकाल्छन् भन्नेमा म छक्क पर्छु।’
मस्कलाई जिम्मेवारी दिइएको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ। यो काम आगामी ‘२४ घण्टा’भित्र सम्पन्न हुन सक्ने सम्भावना छ।
ट्रम्पले भने, ‘हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौँ। मानिसहरूले मलाई यही कारणले रोजेका छन्।’
माघ २८, २०८१ सोमबार ०८:१८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।