काठमाडौँको बुढानीलकण्ठमा अनलाइन जुवाको आशङ्कामा २३ जना पक्राउ

काठमाडौँ : काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ मा प्रहरीले अवैध अनलाइन जुवा तथा सट्टेबाजी कारोबारको शङ्कामा एक घरमा छापा मारेर २३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ छापा मारेर २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घटनास्थलबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेको परिसरका एक अधिकारीले उकेरालाई जानकारी दिए।
बुढानीलकण्ठको एक घरमा अवैध अनलाइन जुवा, सट्टेबाजी, अनलाइन ठगी र क्रिप्टो करेन्सी लगायतको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।
माघ २७, २०८१ आइतबार २३:०३:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।