महोत्तरीको माइस्थान नजिक यात्रुवाहक बस दुर्घटना, ३० घाइतेको अवस्था सामान्य
महोत्तरी : महोत्तरीमा यात्रुवाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन्। जनकपुरबाट बरथहवाका लागि छुटेको ना ५ ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जानकारी दिएको छ।
बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो। बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन्।
घाइतेहरूको बर्दिबासमा उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ।
माघ २७, २०८१ आइतबार १९:४९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।