अध्यादेशबारे प्रधानमन्त्रीको तर्क : पक्ष/विपक्षमा संख्या गन्ने बेला आएको छैन

अध्यादेशबारे प्रधानमन्त्रीको तर्क : पक्ष/विपक्षमा संख्या गन्ने बेला आएको छैन

काठमाडौँ  : राष्ट्रिय सभामा सत्ता घटकको बहुमत नपुग्दा सरकारले जारी गरेका अध्यादेश संकटमा छ। अध्यादेश पारित गर्न जनता समाजवादी पार्टीको समर्थन अनिवार्य छ। त्यसैले सत्ता घटक दुई दल एमाले अनि नेपाली कांग्रेस दुवै जसपा फकाउन केन्द्रित छन्। तर  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट अध्यादेश पारित गर्ने संख्या हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भई नसकेको बताए।

उनले आइतबार अध्यादेश पास गर्न सत्तापक्षको सङ्ख्या पुग्ने वा नपुग्ने भन्ने सम्बन्धमा सङ्घीय संसद् भवन परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै संसद्को सङ्ख्या गन्ने बेला आई नसकेको दाबी गरे।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरे पनि बहुमत नपुग्दा राष्ट्रिय सभाको कार्यसूचीमा राख्न सकेको छैन। जनता समाजवादी पार्टीले अध्यादेशको पक्षमा मतदान गर्ने कि विपक्षमा निर्णय गरिसकेको छैन।

माघ २७, २०८१ आइतबार १९:४५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।